१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

शिवरात्रीको अवसरमा जगगादातालाई सम्मान

सेयर:

मेचीनगर, १७ फागुन : महा शिवरात्रीको अवसर पारेर नागेश्वर शिवालय मन्दिर मेचीनगर-६ काँकरभिट्टाले जग्गादातादेखि सहयोगीसम्म १५ जनालाई मंगलबार सम्मान गरेको छ ।

मन्दिर पसिरमा आयोजित गरेको स्वागत तथा सम्मान कार्यक्रममा जग्गादाता लीलाबहादुर भूजेल र लालबहादुर मारामाचेसहित मन्दिरको स्थापनाकाल देखि निरन्तर संरक्षणको लागि आर्थिक तथा भौतिकरुपमा सहयोग गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुखसहित अतिथिहरु सम्मान गर्नुभएको थियो ।

मन्दिर निर्माणका लागि भूजेल करीव ५ लाख रुपैयाँ मुल्य बराबरको ५ धुर तथा मारामाचेले ९ लाख रुपैयाँ मुल्य बराबरको ९ धुर जग्गा मन्दिर समितिलाई हस्तान्तरण गर्नुभएको थियो । मन्दिरको स्थापनाकाल देखि निरन्तर संरक्षणको लागि आर्थिक तथा भौतिकरुपमा सहयोग गर्नुहुने मोहन निरौला, राजकुमार राई, अर्जुन अधिकारी, श्याम मावाबुङ, रोशन अग्रवाल, अर्जुन राई, विनोद सुब्बा, तेम्वा शेर्पा, नारायण पराजुली, दीपक सापकोटा, रामु राईलाई प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथि मेचीनगर—६ का वडाध्यक्ष ललितबहादुर तामाङलगायतले सम्मान पत्र प्रदान गर्नुभयो ।

प्रमुख अतिथि आचार्यले मन्दिर संरक्षणका लागि घेरावारादेखि कटानबाट जोगाउन तटबन्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । मन्दिर सञ्चालक समिति सदस्य टिकाराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथिहरु उपप्रमुख मनिा पोखरेल उप्रेती, मेचीनगर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, अतिथि नगर सदस्य देविप्रसाद सुवेदी, नेकपा एमालेका युवा नेता एवम् सामाजिक व्यक्तित्व युवा व्यवसायी बालकृष्ण थापा र सम्मानितहरुकातर्फबाट मोहन निरौलालगायतले बोल्नुभएको थियो । थापालाई मन्दिरको संरक्षणमा उल्लेखिय योगदान गरेको भन्दैं मायाको चिनो प्रदान गरिएको थियो ।

मन्दिर सञ्चालक समिति अध्यक्ष राजकुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा सहभागीसवैलाई वीरेन सुब्बाले स्वागत गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।