१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एकसाता भित्रै चोभार सुख्खा बन्दरगाह सञ्चालनमा आउने

सेयर:

४ चैत्र, काठमाडौँ : काठमाडौंको चोभारस्थित चोभार सुख्खा बन्दरगाह एक साताभित्रमा सञ्चालनमा आउने भएको छ । सुख्खा बन्दरगाह सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेको भन्सार विभागले जनाएको छ ।

‘सम्भवत एक साताभित्रै यो बन्दरगाह सञ्चालनको घोषणा हुनेछ,’ विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले अनलाइनखबरसँग भने, ‘कर्मचारी व्यवस्थापन, कानुनी प्रावधान र अन्य कामहरु लगभग सकिएको छ ।’

बन्दरगाह सञ्चालनका लागि उक्त क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, प्रमुख भन्सार अधिकृतसहित कर्मचारी व्यवस्थापन, पैठारी तथा निकासी भएर आउने वस्तुको बन्दरगाहसम्म पहुँचसम्बन्धि कानुनी व्यवस्था लगायतको काम सकिएको खड्काले बताए । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै बन्दरगाह सञ्चालन गर्नेगरी कामहरु अघि बढेको र यसै विषयमा शुक्रबार मन्त्रालयमा बैठक पनि रहेको उनले बताए ।

गत १० फागुनमा सरकारले बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको थियो । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालको कीर्तिपुर नगरपालिका–६ को सुख्खा बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरेको हो । बन्दरगाहको कुल क्षेत्रफल २ सय ६० रोपनी छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।