१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रूस-युक्रेन युद्धबारे बाइडेन र सीबीच फोन वार्ता

सेयर:

वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।

युक्रेन आक्रमणका क्रममा रूसलाई सैन्य र आर्थिक सहायता उपलब्ध नगराओस् भनी अमेरिकाले चीनलाई रोक्न खोजिरहेको छ।
युक्रेनविरुद्ध रूसी आक्रमणलाई लिएर अमेरिका र चीनबीचको मतभेद यस वार्ताको केन्द्रमा हुने अपेक्षा गरिएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनको समर्थन र युक्रेनमा रूसको बर्बर हमलाको निन्दा नगरेका विषयमा सीसँग प्रश्न गरेको बताएका छन्। ‘राष्ट्रपति सी कहाँ उभिनु भएको छ भनेर मूल्याङ्कन गर्ने यो अवसर हो’, साकीले भनिन्।

चीनले शुक्रबार फेरि एकपटक वार्ता र मानवीय सहायताका लागि अनुदानका लागि आफ्नो अपील दोहोर्‍यायो। साथै उनले अमेरिकाले रूसलाई उक्साएको र युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व चर्काएको आरोप लगायो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले दैनिक ब्रिफिङमा भने, ‘चीनले जहिले पनि मानवीय हताहती हुन नदिने हरसम्भव प्रयास गर्न अपिल गरेको छ। यो जवाफ दिन सजिलो छ, युक्रेनका जनतालाई के चिज आवश्यक छ – खाना वा मेसिन गन?’

पुटिनले युक्रेनमा रूसी सेना तैनाथ गरेपछि सीले रूसी आक्रमणबाट टाढा राख्ने प्रयास गरे तर रूसको आलोचना गर्न भने बच्दै बसे।
शुक्रबार भएको बाइडेन-सीको टेलिफोन वार्ता बाइडेनले पदभार ग्रहण गरेपछिको चौथो वार्ता हो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।