१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाको मेचीनगरमा सोमबारबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता शुरु : उद्घाटन खेलमा वडानम्बर—७ विजयी

सेयर:

१४ चैत, मेचीनगर : झापाको मेचीनगरमा सोमबारबाट प्रथम मेचीनगर वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।

मेचीनगर—४ बाहुनडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा वडानम्बर—७ ले वियजी यात्रा शुरु गरेको छ । प्रतिस्पर्धी वडानम्बर —४ लाई टाइब्रेकरमा ५—४ गोल अन्तरले पराजित गर्दै वडानम्बर—७ विजयी भएको हो । मेचीनगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बरबरी खेलेपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिइएको थियो ।

वडानम्बर —४ का आदित्य पराजुली, आर्यन भट्टराई, विप्लव प्रधान र विट्टु प्रधानको प्रहार गोलमा परिणत भएको थियो भने । रणजित रानाको प्रहार वडानम्बर —७ का गोलरक्षक मेघा मोतेले बचाएका थिए । मोते खेलको म्यानअफ दि म्याच समेत घोषित भएका थिए । उनलाई प्रतियोगिता उद्घटान समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले म्यान अफ दी म्याचकोपुरस्कार प्रदान गर्नुभयो ।

यसैगरी, वडानम्बर—७ का साईमन मगर, चेतन पौडेल, आषिश मगर, रोशन सुवेदी र रोशन करुवाको प्रहार वडानम्बर —४ का गोलरक्षक सञ्जिव कार्कीले बचाउन सकेनन् । २१ गते हुने फाइनल विजयताले नगद १ लाख ५० हजार तथा उपविजेता टिमले नगद ७५ हजार र तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । मेचीनगर खेलकुद विकास समितिका अध्यक्ष एवम् वडानम्बर —४ का वडाध्यक्ष नविन वरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि आचार्य, मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अन्नतप्रकाश वस्तीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहआयोजक स्थानीय बाहुनडाँगी युवा क्लब रहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।