१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरमा जग्गादतादेखि ४ सय ५ जना ज्येष्ठ नागरिक सम्मानित

सेयर:

१७ चैत, मेचीनगर : झापाको मेचीनगरमा बिहीबार विभिन्न क्षेत्रमा योगदान गर्ने ५ सय ९ जनालाई सम्मान गरिएको छ । मेचीनगर नगरपालिका—२ नम्बर वडा कार्यालय भृकुटी झापाले आयोजना गरेको जग्गादाता तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा १ सय ४ जना जग्गादाता तथा ४ सय ५ जना ज्येष्ठ नागरिक गरी कुल ५ सय ९ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा सम्मानित सवैजनालाई ढाकाको टोपी, दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

वडानम्बर २ का वडाध्यक्ष तिलक न्यौपानेको सभापतित्वमा वडा कार्यालय परिसरमा भएको सम्मान कार्यक्रममा बोल्दैं नगर प्रमुख आचार्यले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि स्थानीय ठाउँको विकास निक्कै भएको र त्यसमा त्यसक्षेत्रका विभिन्न व्यक्तिको सहयोग रहेको बताउनुभयो । त्यसैका कारण नगरपालिकाले सबैलाई सम्झेको उहाँको भनाई थियो ।

सडक, सडकबत्ती, विद्युत, बाटाघाटा, सञ्चार, कालोपत्रे खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका सेवा नगरपालिकाले नगरका १५ वटै वडामा पुर्याउनेलक्ष्य लिइएको भए पनि कति ठाउँमा पुगेको कति ठाउँमा पुग्न बाकी रहेको उहाँको भनाई छ । निकट भविष्यमा यसक्षेत्रका वडावासीको शान्ति सुरक्षाका लागि प्रहरी बीट स्थापना गर्ने बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले ५ वर्षको अवधिमा गरेका काम र नगरवासीले पाएको लाभका बारेमा चर्चा गर्नुभयो । उहाँले नगरवासीको साथ सहयोग बनिा नगरपालिका लक्ष्यमा पुग्न नसक्ने भएकाले हरेक विकास निर्माणका कामदेखि नगरको शिक्षा, स्वास्थ्य, विद्युतलगायत सबै खाले काममा नगरवासीको साथ सहयोगको आवश्यकता पर्ने बताउनुभयो । शिक्षासेवी लम्बोदर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्मानितहरुकातर्फबाट जग्गादाता दौलतविक्रम कार्की र ज्येष्ठ नागरिककातर्फबाट ज्ञानबहादुर तामाङ्गले बोल्नुभएको थियो भने वडा सदस्य वेनुकमार राईले स्वागत गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।