१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पत्नी माइत बसेको झोंकमा एक व्यक्तिले आफ्नै खुट्टा छिनाले

सेयर:

५ वैशाख, कञ्चनपुर : पत्नी माइत गएको झोँकमा शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका अन्दाजी ४२ वर्षका गणेश लुहारले आइतबार)आफ्नै खुट्टा छिनाले (काटे) का छन्।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार छिमेकीको नल्का (ट्युबवेल) मा लुहारले आफैंले बञ्चरो हानेर आफ्नो खुट्टामा काटेका हुन्। लुहारको दायाँ खुट्टा गोलीगाँठाबाट छुट्टिएको छ।

लुहारले आफैँले बञ्चरो प्रहार गरी आफ्नै खुट्टा काटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काटिएको खुट्टासहित लुहारलाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगेको छ।

लुहार अहिले होसमै रहेको प्रहरीले बताएको छ। लुहारको मानसिक स्थिति ठिक नभएको स्थानीय बासिन्दाको भनाइ रहेको छ। लुहारकी पत्नी धेरै दिनदेखि २ छोरीसहित माइतमा बस्दै आएकी छन्। माइतमा पत्नीसँग झगडा गरेर आजै घर फर्केका उनले आजै खुट्टा छिनालेका हुन्।

थाहाखबरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।