१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

‘कबड्डी ४’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

सेयर:

काठमाडौं : नेपाली सिनेमा कबड्डी ४ को नयाँ ट्रेलर सार्वजानिक भएको छ । आगामी जेष्ठ १३ गते बाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डी अन्तिम तथा चौथो भाग हो ।

अघिल्ला भागहरुमा अनेकन प्रयासका बाबजुत पनि फिल्मका मुख्य पात्र काजी ( दयाहाङ राई) को विवाह हुन नसकेकोमा अबको यस् अन्तिम भागमा के काजीक विवाह होला त भन्ने विषयले दर्शकहरु माझ कौतुहलता जगाई रहेको अवस्थामा भर्खरै रिलिज भएको फिल्मको ट्रेलरले पनि काजीको विवाहहोला वा नहोला भन्ने कौतुहलतालाई थप बढाएको देख्न सकिन्छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दी तामाङ , बिजय बराल , गौमाया गुरुङ , कमलमणी नेपाल उपेन्द्र सुब्बा लागयतका कलाकारहरुको भूमिका रहेको छ ।

राम बाबु गुरुङको निर्देशनमा बनेको यस् चलचित्र ४ महिना अगाडि टिजर रिलिज भएसँगै चर्चामा छाएको छ भने चलचित्रको केशरी बोलको गीतलाई पनि दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।