१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

ल्होत्से हिमालमा पहिलो आरोहण सफल

सेयर:

२९ वैशाख, काठमाडौँ : यस बसन्त मौसममा हुने ल्होत्से हिमाल (८५१६ मिटर)को आरोहण बुधबार राती पहिलो पटक सफल भएको छ । बाटो बनाउने (रोपफिक्सिङ) सात जना शेर्पा गाइडहरुको टोलीले साँझ ८ बजे हिमालको चुचुरोमा पुग्नुभएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका निर्देशक छाङदावा शेर्पाले जानकारी दिनुभयो ।

बाटो बनाउने शेर्पाहरुको टोलीको हिमालको सफल आरोहण गरेसँगै मौसमले साथ दिए यसै साताभित्र ल्होत्से हिमालको आरोहण सम्पन्न हुने समेत शेर्पाले बताउनुभयो । चुचुरो पुग्नेहरुमा संखुवासभाका आरोही गाइड सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, सोलुखुम्बुका ङिमाटासि शेर्पा, फुर्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र फुर्वा छेतर शेर्पा रहनु भएको कम्पनीले जनाएको छ ।

सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि चुचुरोसम्मको बाटो बनाउने जिम्मा यस वर्ष सेभेन समिट ट्रेक्सले लिएको थियो । यी आरोही गाइडहरुबाटै यस बैशाख २४ गते सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो निर्माण गर्नुभएको थियो ।

यस मौसममा ल्होत्से हिमाल आरोहणका लागि १३ आरोहणदलबाट ९८ जना पुरुष र २९ जना महिला गरी १२७ जना आरोहीले अनुमती लिएको पर्यटन विभागको तथ्याङकमा उल्लेख छ । यस वसन्त मौसममा नेपालका २७ वटा अग्ला हिमालहरु आरोहणका लागि ११८ आरोहणदलबाट ९५३ जना आरोहीले आरोहण अनुमती लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

यस बसन्त मौसममा मात्र यी हिमालहरु आरोहण अनुमतीबाट विभागले ४७ करोड ४६ लाख ६६ हजार ६११ रुपियाँ राजस्व संकलन गरेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।