१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मतपेटीका लुट्ने प्रयास गरेपछि उदयपुरमा गोली चल्यो, एकजनाको मृत्यु

सेयर:

३० वैशाख, इटहरीः मतपेटीका लुट्ने प्रयास गरेको भन्दै प्रहरीले गोली चलाउँदा उदयपुरको कटारी नगरपालिका–१० एक जनाको मृत्यु भएको छ ।

कटारी नगरपालिका वडा नम्बर १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर १९ बर्षीया नविन कटुवालको मृत्यु भएको हो । मृत्यु भएका कटुवाल नेत्रविक्रम चन्द नेतृत्वको पार्टीबाट स्वतन्त्र उम्मेदवार बनेका गौरव बहादुर कटुवालका भतिज रहेको बुझिएको छ ।

प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् ।नविनको छातीमा गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर घरमा बसिरहेका स्थानीय १३ बर्षीय मन श्रेष्ठ घाईते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । वाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । घाईतेलाई उपचारका लागि कटारी ल्याइएको छ ।

कांग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको बताइएको छ । मदतान प्रकृया ५ः२० मा सकिसकेपछि दलका कार्यकर्ता बीच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए प्रहरीको भनाई छ ।

शिलबन्दी गर्नेक्रममा ५०÷६० जनाको समूहले मतपेटीका लुट्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।