१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बुद्धशान्ति वडा नं. १ को अध्यक्षमा प्यानल नै विजयी

सेयर:

२ जेष्ठ, बुधबारे : झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ को अध्यक्षमा अनिल वाग्ले विजयी हुनु भएको छ । पत्रकार समेत रहनु भएका वाग्ले नेकपा एमालेका तर्फबाट २०४३ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।

वाग्लेका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गर्नु भएको थियो भने राप्रप्राका गिरिराज दंगालले ७५१ मत प्राप्त गर्नु भएको थियो ।

वडा अध्यक्षमा विजयी हुनु भएका वाग्ले बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष, पुर्वेली साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाको वर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्छ । बुधबारे जेसीजका निवर्तमान अध्यक्ष रहनु भएका वाग्ले प्रेस चौतारी नेपाल झापाका कार्यसमिति सदस्य पनि हुनुहुन्छ ।

बुद्धशान्ति वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । जसमा वडाध्यक्षमा वाग्लेसँगै वडा सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा, सदस्यमा मोहनकुमार राई र लक्ष्मीप्रसाद कडेल निर्वाचित भएका छन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।