Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मनाङको विजयी सुरुआत

सेयर:

इलाम, ५ मंसिर कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो ।मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । खेलको ३० औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा आफिज ओलावालेले गोल गरेका थिए । तर,अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।४५ औं मिनेटमा सुरज ज्यु ठकुरीको कर्नरमा ओनगुना जुनियरको हेड प्रहार क्रस बारमा लागेर फर्किएको थियो । जसको कारण जावलाखेल सुरुआती गोल गर्न चुकेको थियो ।खेलको ४६ औं मिनेटमा अन्जन विष्टको पासमा मनाङका ओलावालेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले सहजै बचाए ।यस्तै ४९ औं मिनेटमा मनाङका दयानन्द सिंहले गोलकिपर बिट भएको अवस्थामा प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।५४ औं मिनेटमा मनाङका कप्तान अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।खेलको ७८ औं मिनेटमा जावलाखेलले गोलको अवसर गुमायो । रुप बहादुर लामाको पासमा पेमा शेर्पाले बल नियन्त्रणमा लिन सकेनन् । त्यस्तै खेलको ८९ औं मिनेटमा मनाङका ओलावालेले गोलको सुनौलो अवसर गुमाए । अन्जन विष्टको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका ओलावाले बाहिर प्रहार गरे ।मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच चुनिए ।लिग अन्तर्गत भोलि सोमबार दुई खेलहरु हुनेछ ।पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।