१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

वडा नम्बर २८ : स्थापितको वडामा सूर्यलाई लौरोले भेट्टायो

सेयर:

४ जेठ, काठमाडौँ : काठमाडौैं महानगरको २८ नम्बर वडामा एमालेका उम्मेदवार केशव स्थापितले लिएको अग्रता समाप्त भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले उनलाई भेट्टाएका छन् ।

यस वडामा अहिलेसम्म ७ सय मतको गणना सकिएको छ । प्राप्त विवरण अनुसार स्थापित र बालेनले समान १८१/१८१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी सिर्जना सिंहको १४२ भोट छ ।

वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । पुरानो बसपार्क–बागबजार क्षेत्रमा यो वडा पर्छ । स्थापितले बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए । वडा नम्बर २८ को मतगणना सुरुभएपछि स्थापितले प्रारम्भिक अग्रता लिएका थिए ।

अहिलेसम्म काठमाडौं महानगरको ४८३०१ भोट गणना भएको छ । जसमा बालेनले १८७९५ भोट ल्याएर अग्रस्थानमा छन् । दोस्रो र तेस्रो स्थानमा रहेका स्थापित र सिर्जनाले क्रमशः ९५९६ र ८८०६ भोट ल्याएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।