१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अमेरीकामा एक विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ को मृत्यु

सेयर:

११ जेठ, टेक्सास : अमेरिकी राज्य टेक्सासको युभाल्ड सहरमा बन्दुकधारीले त्यहाँको समयअनुसार मंगलबार इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गुमेको छ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार अन्धाधुन्ध गोली चलाउने ती १८ वर्षीय किशोर पनि घटनामा मारिएका छन्। अन्धाधुन्ध गोली चलाउने ती किशोरको नाम साल्भाडोर रामोस भएको बताइएको छ।

घटनामा ती किशोर एक्लै संलग्न रहेको प्रहरी अधिकारीले बताएका छन्।

दक्षिणी टेक्साको युभाल्डस्थित रब इलेमेन्टरी स्कुलमा पसेर ती किशोरले बालबालिकाहरुमाथि अन्धाधुन्ध राइफल चलाएका थए।

स्कुल गएर बालबालिकाहरुमाथि अन्धाधुन्ध गोली चलाउनुअघि रामोसले घरमा आफ्नी हजुरआमालाई गोली हानेको सिएनएनले लेखेको छ।
एक दशकअघि कनेक्टिकटमा स्कुलमा गोली हानी २० जना बालबालिका र ६ जना वयस्कहरुको ज्यान गएपछिको यो सबैभन्दा भयानक घटना भएको सञ्चारमाध्यमहरुले लेखेका छन्।
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।