१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

धरानका मेयर साम्पाङले झाडु सहित जनता बोलाए

सेयर:

धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले जनतालाई झाडुसहित उपस्थित हुन आह्वान गरेका छन्।

धरानमा फोहोर थुप्रिएको र यसलाई सफाइ गर्दै सरसफाई अभियानलाई सुरुवात गर्ने उनले जनाएका छन्।

फेशबुकमा स्टाटस लेखेर अभियानको बारेमा उनले जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानु चौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !’

स्वतन्त्रबाट मेयर जितेका साम्पाङले सरल तरिकाले सिर्जनात्मक काम गर्दै परिवर्तन ल्याउने अभियान सुरु गरेका छन्। यस्तै कामहरूबाट उनी दिन प्रतिदिन चर्चामा आइरहेका छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।