११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

श्रीमानद्वारा निर्घात कुटिएकी महिलाको मृत्यु, प्रहरी भन्छ– योनाङ्गभित्र लौराे छिराएर यातना दिएको रहेछ

सेयर:

१७ जेठ, काठमाडौँ : गत बिहीबार श्रीमान्को कुटपिटबाट गम्भिर घाइते भएकी खैरहनी नगरपालिका–१० कठारकी ३८ वर्षिया माझी थरकी महिलाकोे निधन भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो।

श्रीमानको चरम यातनापश्चात गम्भीर अवस्थामा उनलाई प्रहरीले बिहीबार उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल भर्ना गरेको थियो।

नसा सेवन गरेका उनका श्रीमान् रामचन्द्र माझीले लौरी यौनाङगभित्र छिराएर यातना दिएको उद्धारमा गएका चितवन जिल्ला प्रहरी कार्यलयका डिसपी नरहरि अधिकारीले बताए ।

‘कोठामा कुटपिट भएको जानकारी आएसँगे हामी त्यहाँ पुगेका थियौँ,’ डिएसपी अधिकारी भन्छन्,‘ गम्भिर घाइते भएका कारण पीडित माझीलाई तत्कालै भरतपुर अस्पताल उपचारका लागि पठाएको थियाैँ । उनका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाएका छाैँ।’

रक्सी खान पैसा नदिएको निहुँमा उनलाई श्रीमान्ले कुटपिट गरेको डिएसपी अधिकारी बताउँछन् । कुटपिटसँगै श्रीमान् माझीविरुद्ध जर्बरजस्ती करणीको मुद्दासमेत लगाइएकाे छ।

पीडितको पक्षबाट जोहरी दिने कोही नभए पछि प्रहरी प्रतिवेदनले नै ज्यान मार्ने उद्योग र जर्बरजस्ती करणीको मुद्दा दर्ता भइ सोही अनुसारले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनका डिसपी नरहरि अधिकारीले जानकारी दिए । उनको पीडित महिलाको सोमबार बेलुका मृत्यु भएको जानकारी दिए।

काठमाडौँप्रेसबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।