१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इटालीलाई हराएर अर्जेन्टिना च्याम्पियन

सेयर:

लन्डन — लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिका विजेता अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई वेम्बलीमा बुधबार राति ३–० ले पराजित गर्दै फाइनलमा २०२२ जितेको छ ।

अतुलनीय मेसीबाट प्रभावित अर्जेन्टिनाले पहिलो हाफमा दुई गोल गरेको थियो ।

यी गोल लउटारो मार्टिनेज र एन्जेडल डि मारियाको नाममा रहे । पउलो डेबालाले अर्जेन्टिनाका लागि तेस्रो गोल थपे । पेरिस सेन्ट जर्मेन (पीएसजी) का ३४ वर्षीय मेसीले खेलमा सबैको मन जित्ने प्रदर्शन गरे र आफूलाई फेरि एकपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडी साबित गरे ।

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ मा ब्राजिललाई हराएर उपाधि जितेको थियो र यस वर्ष कतारमा हुने विश्वकपका लागि पनि छनोट भइसकेको छ । अर्जेन्टिनाले २८ वर्षको पर्खाइपछि कोपा अमेरिका जितेको थियो । अहिले ३२ खेलको अपराजित यात्राबाट गुज्रिरहेको अर्जेन्टिना विश्वकप उपाधिका लागि पनि बलियो प्रत्यासी बनेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।