१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रुपन्देहीमा यात्रु वाहक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। 

सेयर:

२२ जेठ, रुपन्देही : जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ भने २४ जना घाइते भएका छन्।

आज बिहान ४ः३५ बजे रूपन्देहीको रोहिणी खोलामा बस दुर्घटना भएको हो। यात्रुबाहक बस पुलबाट खोलमा खसेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

जनकपुरबाट आएको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र चार जनाको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पौडेलले बताए।

प्रहरीका अनुसार बसमा ३३ जना सवार रहेका थिए। दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरुको युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल र सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ।

बस पुलको बार बाँचेर खोलमा खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।