स्थानीय सरकारले दिइएको १५ लाखले ३० प्रतिशतमात्र काम भयो
२३ जेठ, मेचीनगर : दुईमहिनाअघिमात्र झापाको मेचीनगर— १० धुलाबारीमा निर्माण शुरु भएको मेचीनगर लेडी जेसीज जगतदाता बृद्धाआश्रमको सभाहल आर्थिक अभावका कारण रोकिने भएको छ ।
मेचीनगर लेडी जेसीजको संरक्षणमा बृद्धाआश्रमका लागि स्थानीय समाजसेवी दम्पत्ती जगतकुमारी र दाताराम खनालले निःशुल्करुपमा प्रदान गर्नुभएको करोडौं रुपैयाँको ४ कठ्ठा ८ धुर जग्गा जग्गामा सभाहल निर्माणका लागि २०७८ साल चैत ९ गते मेचीनगर नगरपालिकासँग सम्झौता भएको थियो । त्यसपछि धमाधम निर्माण कार्य भइरहे पनि अहिले रकम अभावका कारण निर्माण कार्य रोकिने अवस्थामा पुगेको बृद्धाआश्रमकी अध्यक्ष टिका सुवेदीले जानकारी दिनु भयो । जेष्ठ नागरिकहरुलाई आवास, स्वस्थ खानपान र उचीत स्याहार समेत संरक्षण गृहमा गरिने अध्यक्ष सुवेदीले बताउनु भयो । वहाँका अनुसार संरक्षण गृहको भवन जेष्ठ नागरिक र असक्त अपाङ्ग मैत्री बन्नेछ ।
ज्येष्ठ नागरिकहरुका लागि डे केयर सेन्टरका रुपमा सञ्चालन गर्ने योजना अनुसार पहिलो चरणमा सभा हल निर्माण गरिएको अध्यक्ष उहाँको भनाई छ ।
बृद्धाआश्रमका लागि धेरै काम गर्ने तयारी गरे पनि बजेट अभाव भएका कारण एकै पटक सबै काम गर्न सकिने अवस्था नभएको अध्यक्ष सुवेदीको भनाई छ । करीब ८ करोडको लागतमा दुई वटा भवन, बगैचा तथा स्वास्थ्य उपचारको सेवा समेत उपलब्ध हुने गरी बृद्धाआश्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष सुवेदीले बताउनु भयो । मेचीनगर लेडी जेसीज जगतदाता बृद्धाआश्रम आयोजनाबाट २ हजार २ सय ४० जना लाभावन्ति हुने र २०७९ साल जेड २५ गते आयोजनाको कार्य सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख भए पनि अहिले ३० प्रतिशतमात्र निर्माणको काम सकिएको अध्यक्ष सुवेदीको भनाई छ ।
६० फिट लम्बाई र ३० फिट चौडाईको स्टेज सहितको सभाहल निर्माणका लागि नगरपालिकाले १५ लाख बजेट उपलब्ध गराएको र संस्थाका आजिवन सदस्य तथा अन्य सहयोगी दाताहरुबाट संकलन भएको थप करीब ६ लाख रकम लाग्ने अनुमान गरेको मेचीनगर लेडी जेसीजकी अध्यक्ष सीता गिरी पुरीले बताउभुयो । अहिले नगरपालिकाले दिइएाके १५ लाख रुपैयाँले ३० प्रतिशतमात्र काम भए र बाकी ७० प्रतिशत कामका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारलाई गुहारेको उहाँको भनाई छ । घर परिवार हुने ज्येष्ठनागरिकका लागि दिउँसोको समयमा आफ्ना उमेरका साथीसंगीसंग रमाउने र घर परिवार नभएका ज्येष्ठ नागरिकहरुले त्यही बस्ने ब्यवस्था सहितको संरक्षण गृह निर्माणको तयारी थालिएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
बृद्धाआश्रमको भवन निर्माणका लागि स्थानीय र प्रदेश सरकारमा बजेट माग गरेको मागप्रति दुवै सरकार सकरात्मक देखिएको उहाँको भनाई छ । निर्माण कार्य पुरा नहुँदै आयोजना अलपत्र हुनु पक्कै राम्रो कुरा होइन र यसले राम्रो सन्देश पनि दिर्दैन यसकारण अधुरो आयोजनालाई पूर्ण गर्न स्थानीय,प्रदेश तथा संघीय सरकासहित दाताहरु अग्रसर हुन जरुरी छ । समाजलाई मार्गदर्शन गर्न सक्ने ज्येष्ठ नागरिकहरुको जीवनलाई सहज बनाउन निर्माण हुन लागेको यस संरक्षण गृहको भवन निर्माणका लागि सबैले सहयोग गर्न पनि आवश्यक छ ।
