१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्‍नु घातक : गगन थापा

सेयर:

२३ जेठ, काठमाडौँ : नेपाली का‌ंग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यातायात मन्त्रालयले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्ने क्रममा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए।

उनले इम्बोस्ड नम्बर व्यावहारिक नभएको पनि तर्क गरे। थापाले कम्पनीमाथि पनि शंकाको घेरामा रहेको बताएका छन्। उनले इम्बोस्ड नम्बर देवनागरीमा नभएकोमा पनि विरोध जनाएका छन्। यस्तै नम्‍बर जडानमा महँगो भएको भन्दै त्यसको मूल्य घटाउनु पर्नेमा उनको तर्क छ। जबरजस्ती गरिए नागरिकले यसको अवज्ञा गर्नेसमेत थापाले चेतावनी दिए।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएको छ। विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ।

त्यसपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने विभागले जनाएको छ। त्यसको नागरिक स्तरबाट चर्को विरोध हुँदै आएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।