२४ जेठ, मेचीनगर : झापाको मेचीनगर —६ स्थित धार्मिक एवम् पर्यटकीय स्थल पातालगंगा क्षेत्रको मंगलबार बृहत् सरसफाइ गरिएको छ । श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको आयोजनामा भएको बृहत् सरसफाइ कार्यक्रमको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले विधिवत उद्घाटन गर्नुभएको थियो । केन्द्रको योजनामा उल्लेख भएको पर्यटन प्रवर्द्धनका लागि सरसफाइ अभियान सञ्चालन गर्ने योजना अनुसार सरसफाइ कार्यक्रम गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य मैनालीलले धार्मिक एवम् पर्यटकीय र एतिहासिक महत्व बोकेका यस्ता क्षेत्रको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताउनुभयो । राज्य सँगै स्थानीय स्तरबाट समेत यसको विकासमा हातेमालो गर्नुपर्ने उहाँको भनाई थियो । आफ्नो गाउँ ठाउँको विकासका लागि स्थानीयहरु नै एकढिक्का भएर नफुटी जुटेर अघि बढ्नुपर्नेमा जोड दिदैं यस्ता कार्यका लागि प्रदेश सरकार जहिले पनि साथ सहयोग र समन्वय गर्न तयार रहेको उहाँको भनाई थियो ।
यहाँ अवस्थित पातालगंगाको रुपमा परिचित स्थानमा वर्षभरि निरन्तर पानी पर्वाह भइरहने र यसक्षेत्रलाई संरक्षण गरी स्थानीय वासीन्दाहरुबाट धार्मिक विश्वासका साथ पुजाआजा गर्ने गरेको श्री पातागंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रका सचिव शंकर भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार यसक्षेत्रको वरिपरी रहेका रमणिय स्थानहरुबाट बोट विरुवाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकृषित गर्ने गरेको छ । यहाँ रहेका अव्यवस्थित संरचना र प्राकृतिक छटाहरुलाई व्यवस्थित गरी संरक्षण गर्न सके भारत तथा अनय मुलकका पर्यटकहरु लगायत धार्मिक आस्थाका साथ नेपाल घुम्न आउने पर्यटकहरलाई आर्कषित गरी यसक्षेत्रको विकास गर्न सक्ने महशुस गरेर स्थानीय जनसहभागिताको आधारमा स्थानीय तथा सरोकारवाला निकायहरुसँग समन्वय गदैं कार्य गर्नका लागि श्री पातागंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको स्थापना गरिएको अध्यक्ष ओमप्रकाश खापुङको भनाई छ ।
सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट काँकरभिट्टाबाट नेपाल तथा सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु, स्थानीय संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मीसहित स्थानीयवासीको उल्लेखिय उपस्थिति रहेको थियो ।
धार्मिक तथा एतिहासिक महत्वको क्षेत्रलाई सौन्दर्यकरण गरी पर्यटन प्रवर्द्धन गर्ने, पूर्वीनाकाबाट नेपाल प्रवेश गर्ने पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्न पातालगंगा कालीखोलालाई आकर्षक पर्यटकीइ स्थलका रुपमा विकास गर्दै लैजाने, अव्यवस्थित धार्मिक थगा एतिहासिक क्षेत्रलाई प्रवर्द्धन गर्दै, सामुदायिक उत्तरदायित्वको आधारमा स्थानीय क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रोत्साहन गर्ने गराउने, मुलुको सर्वाङ्गिर्ण विकासमा टेवा पुर्याउने हेतुले पर्यटन प्रवद्र्घन, वातावरण तथा जलवायु संरक्षाका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने, जीवनपयोगी सीपको विकास गराई युवालाई व्यवसायिक बनाउने, पर्यटन प्रवर्द्धनका लागि सरसफाई अभियान सञ्चालन गर्ने केन्द्रले जनाएको छ ।

यसैगरी, खेलकुद, व्ययाम, योगासन, मेडिटेशन आदि सञ्चालन गरी युवाशक्तिाई तचुस्त दूरुसत राख्ने, धार्मिक तथा सामाजिक कार्य गर्न गराउन समाजलाई अभिप्रेरित गर्ने, कालीखोला करीडोर निर्माण गरी स्वच्छ वातावरणमा बालक, ज्येष्ठ नागरिक तथा अनय सवैलाई उपयुक्त हुने गरी पैदल तथा साइकल मार्ग निर्माण गर्ने, पातालगंगा मन्दिर निर्माण पुरा गरी नित्य पूजा कर्म सञ्चालन गर्ने, खोला तथा यसक्षेत्रमा निर्माण गरिउका संरचनाहरुको संरक्षण गर्न घेराबारा एवम् पर्खाल निर्माण गर्ने, आवश्यकता अनुसार विभिन्न जातका फूलका बोट विरुवा लगाउने, खोलाको पानीलाई संरक्षण गरी नौका बिहार तथा जलक्रिडा स्थल निर्माण गर्ने, यसक्षेत्र आसपासका अव्यवस्थित पर्यटकयि गन्तव्यहरु जोड्दै ट्रयाक रुट निर्माण गरी पदयात्राको निम्ती विकास गर्नेलगायतका काम केन्द्रले गर्ने योजना छ ।
