१२ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेगा र हिमालयन बैंक मर्जर समझदारी, असोजभित्र एकीकृत कारोबार गर्ने

सेयर:

२७ जेठ, काठमाडौँ : मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ । दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे । यी दुई बैंकले असोजभित्र एकीकृत कारोबार गर्नेगरी तयारी गरेका छन्।

मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाम रहनेछ भने बैंकको अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट बैंककै रहने छन्। बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र सीईओ ज्योतिप्रकाश पाण्डे रहने सहमति भएकाे छ।

यस्तै डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी हुनेछिन् ।

सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।