१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कांग्रेस सांसद थापाले मागे एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ

सेयर:

१ असार, काठमाडौँ : बुधबार प्रतिनिधिसभामा आफ्ना कुरा राख्दै थापाले प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद‍्‍मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भनेर प्रस्ट जवाफ दिनुपर्ने बताएका हुन् ।

‘अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ ।’

उनले सामरिक विषयहरूमा नेपालले सजग भएर कदम चाल्नुपर्ने बताए । ‘जहाँ सामरिक विषय हुन्छ, त्यो विषयमा हामीजस्तो देशले शक्ति राष्ट्रहरूको छेऊमा पनि जानु हुँदैन । यो मेरो विचार मात्रै होइन, नेपालको संविधानले नै त्यही भन्छ । मेरो पार्टी नेपाली कांग्रेस पार्टीको निर्णयले पनि त्यही भन्छ,’ महामन्त्री थापाले अघि भने ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।