१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अस्तित्व मेटाउन खोजेका थिए फेरि पहिलो पार्टी बन्यौँ : ओली

सेयर:

२ असार, काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अस्तित्व मेटाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको बताएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्।

उनले भने, ‘पार्टीभित्रबाटै संकट पैदा गरे। बाह्य र पार्टीभित्रकै शक्तिहरू मिलेर नेपालको लोकतान्त्रिक आन्दोलनको मूल संस्था एमालेलाई कमजोर पार्ने कोसिस भयो। सिध्याउन खोजेको अवस्थामा पुगेका थियौँ। तर, हामी स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बन्न सक्यौँ।’

साबिक नेकपामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत हटाउने अवस्थामा पुगेको बताए।

उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा तयार गरेर बदनाम गर्न लागे। नेतृत्व नै विस्थापित गर्ने प्रयास भए। हामी जिवन मरणको लडाइँ लड्यौँ। हाम्रो लागि सामान्य लडाइँ थिएन। हाम्रो अस्तित्व मेटाउन खोजेका थिए। तर, आजपनि हामी प्रमुख राजनीतिक पार्टी हौँ।’

एमाले बाहेक अरु कसैसँग विकासको भिजन नभएको बताए। एमाले एक्लै र अरू सबै एकातिर हुँदासमेत एमाले पहिलो दल बनेको दाबी गरे।

स्थानीय तहको निर्वाचनको रुपमा एउटा महासंग्राममा सफल भएर आएको बताए। पाँच दलीय गठबन्धन सत्ताको प्रयोग गरेर धाँधली गरेको उनको भनाइ छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।