१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बाहुनडाँगीमा सातामा एकदिन एमबिबिएस डाक्टरको सेवा : वडा सरकारको स्थानीयबासीद्वारा प्रशंसा

सेयर:

२ असार, मेचीनगर : गत वैशाख ३० मा सम्पन्न निर्वाचनका क्रममा नेकपा एमाले मेचीनगर वडानम्बर ४ का उम्मेद्वारहरुले आफ्नो घोषणा पत्रमा उल्लेख गरे अनुसार विहिबार (आज) बाट ४ नम्बर वडालगायत आसपासका वडाबासीले एमबिबिएस डाक्टरको सेवा घर आगनैमा पाएका छन् ।


निर्वाचनका क्रममा वडाध्यक्ष पदका उम्मेद्वार अर्जुनकुमार कार्कीले पटक पटक भन्नुभएको थियो ‘यदि यो वडामा हामीले निर्वाचन जित्यौँ भने घर घरमा स्वास्थ्य सेवा लिएर आउछौ ।’ नभन्दैं वडाबासीले कार्कीको कुराको विश्वास गर्दै एमालेको प्यानलनै जिताईँ दिए । वडाबासीको अमूल्य मतको कदर गदैं वडा सरकारले बिहिबारबाट साताको एकदिन एमबिबिएस डाक्टरको सेवा शुरु गरेको छ ।

बाहुनडाँगीमा रहेको स्वास्थ्य चौकीबाट डाक्टर पोषणरमण त्रिपाठीले विरामी जाच्न शुरु गर्नुभएको छ । अहिले साताको एकदिन यो सेवा प्रदान गरे पनि आगामी दिनमा दैनिक सेवा प्रदान गर्ने योजनामा वडा सरकार छ । आफ्नै घर आगनमा एमबिबिएस डाक्टरको सेवा निःशुल्करुपमा सहज र सर्वसुलभ ढंगमा प्राप्त गर्न पाउँदा वडाबासी खुशीमात्र छैनन् वडा सरकारको खुलेर प्रशंसा गरेका छन् । ‘स्वास्थ्य सेवा नेपाली नागरिकको नैसर्गिक अधिकार हो’ वडाध्यक्ष कार्कीले भन्नुभयो— जसरी सिहंदरबारको अधिकार गाउँ गाउँमा भनियो त्यसैगरी नागरिकको नैसर्गिक अधिकार पनि वडा वडामा लिएर आयौं ।’

बाहुनडाँगीबासीले यो सेवा लिन झण्डै ९ किलोमिटर काँकरभिट्टा वा सिकिस्त भए २६ किलो मिटर टाढा बिर्तामोडसम्म धाउनुपर्ने अवस्था थियो । सातामा एकदिनमात्रै भए पनि वडा सरकारले यो सेवा प्रदान गर्न केहीहदसम्म स्थानीयलाई सहज भएको वडा सदस्य पवन वराइलीको भनाई छ । उद्घाटनका दिन ८ देखि १० जनासम्मले सेवा लिइएका थिए । पहिलो पटक गाउँघरमै सेवा दिन पुग्नुभएका डाक्टर पोषणरमण त्रिपाठीलाई स्थानीयवासी, जनप्रतिनिधि, स्थानीय दल, संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले फूलमाला र खादा पहिर्याएर सम्मान गरेका थिए । नेपाली काँग्रेसका सागर कार्की, नेकपा एमालेका प्रविन भण्डारी, नेकपा माओवादी केन्द्रका खगेन्द्र रामदाम राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रप्रसाद सुवेदीलगायत अन्य संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले यो कामको खुलेरै प्रशंसा गर्नुभएको छ । वडाध्यक्ष कार्कीका अनुसार निकट भविष्यमा प्रयोगशालाको पनि व्यवस्था गरिने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।