४ असार, भद्रपर : भद्रपुरस्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ। आज शनिबार चन्द्रगढीमा रहेको वीरेन्द्र माध्यमिक विद्यालयमा उत्साहजक र सौहार्दपूर्ण चुनाव सम्पन्न भएको छ।
चन्द्रगढी खानेपानी वडा नम्बर ७ र १० का सम्पूर्ण उपभोक्ता, ८ र ९का केही उपभोक्ता गरि ३ हजार ५ सय १७ मतदाता रहेका आजको मतदानमा २ हजार ४ सय १७ मत खसेको छ। निर्वाचनमा गोविन्द लम्सालको नेतृत्वमा रहेको प्रजातान्त्रिक प्यानल र पुरुषाेत्तम अधिकारीको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रवादी साझा प्यानल र अध्यक्ष पदमा स्वतन्त्रबाट यादव भट्टराईले उम्मेदवारीले थप चुनावी रौनकता थपिएको छ।
चुनावमा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा गोविन्द लम्साल, उपाध्यक्षमा उत्तम कोइराला, सचिवमा ऋषि चापागाँई, सहसचिवमा महेन्द्र कोइराला र कोषाध्यक्षमा लावण्यकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा राजेन्द्र तुलाधर, प्रेमप्रसाद गौतम, तारादेवी लुइँटेल (ओली), निर्मला प्रसाईँ (ओली), हरिमाया कार्की र मेनका शर्मा (दाहाल)ले उम्मेदवारी दिएका छन् । त्यस्तै लेखा समिति संयोजकमा रमेश पराजुली, सदस्यहरूमा पौरप्रसाद खतिवडा र सुशीला राजवंशीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी प्रगतिशील रास्ट्रवादीको तर्फबाट अध्यक्षमा पुरुषोत्तम अधिकारी, उपाध्यक्ष बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सहसचिवमा झुमा शिवाकोटी (दाहाल) र कोषाध्यक्षमा खेमराज भट्टराईले उम्मेदवारी रहेको छ। त्यसैगरी सदस्यहरूमा कृष्णप्रसाद खतिवडा, मोहन श्रेष्ठ, रामकुमार गिरी, गंगा घिमिरे (नेपाल), सुजन विष्ट (दुलाल), सुमित्रा न्यौपाने (भट्टराई)को उम्मेदवारी रहेको छ । त्यस्तै लेखा समिति संयोजकमा माधवप्रसाद घिमिरे, सदस्यहरूमा कृष्णबहादुर कटुवाल र निर्मल चाम्लिङले उम्मेदवारी दिएका छन् । समूहबाट अध्यक्ष पदका उम्मेदवार अधिकारी तेस्रो कार्यकालका लागि अध्यक्षमा उठेका हुन् । उनी वर्तमान अध्यक्ष हुन् । मत गणना आजै बेलुका ८ बजेबाट शुरु हुनेछ।