१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो (नामसहित)

सेयर:

२१ असार, रामेछाप : रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दुर्घटनास्थलमा ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।

मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षिय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्गबहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ वर्षिय कमल तामाङ, सोही वडाका १८ वर्षिय सुदिप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ वर्षिय विपना तामाङ रहेका छन् ।

त्यस्तै काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर, सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० वर्षिय तुलबहादुर विक रहेका छन् ।

अस्पतालमा निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ वर्षिय रामबहादु श्रेष्ठ, सोही वडाका २४ वर्षिय बृद्ध तामाङ र वर्ष ६० का नेमा तामाङ रहेको प्रहरीले जनाएको छ। एक जनाको भने सनाखत हुन बाँकी रहेको छ। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

मंगलबार बिहान करिब सवा १० बजे रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिकामा–५ खाँडादेवीमा सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटना भएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।