१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

संसद् विघटनको घोषणा भए सँगै काँग्रेस आन्दोलित

सेयर:

काँकरभिट्टा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको घोषणा भए सँगै काँग्रेस आन्दोलित बनेको छ । यसै विषयलाई लिएर नेपाली काँग्रेसले सङ्घीय व्यवस्थापिका संसद् विघटनको विरुद्धमा विराटनगरमा प्रदर्शन गरेको छ ।

प्रदेश १ नेपाली काँग्रेसका प्रमुख सचेतक लगायत नेताहरूको उपस्थितिमा विराटनगरमा प्रदर्शन भएको हो । संसद् विघटन फिर्ता गर, केपी ओलीको तानाशाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावादको नारा लगाउँदै काँग्रेस सडकमा आएको हो ।

नेपाली जनताको सपना र मत माथि कुठाराघात गरेको भन्दै आन्दोलन गरेको विरोध कार्यक्रमका अगुवा नेताहरुले बताए ।। नेपाली जनताले स्थायी सरकार बनाएर देश विकास गर्न दिएको मत देश विनाशमा प्रयोग भएको भन्दै उनले आपत्ति जनाए । कम्युनिस्टहरू कहिल्यै जनताको पक्षमा नहुने कुरा पुष्टि भएको उनीहरुको भनाइ छ ।

( फोटो :कपुरी न्यूज )

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।