१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, दुईजनाको मृत्यु

सेयर:

८ साउन, मेचीनगर : नेपालमा थप ३४७ जना कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६० वटा पिसिआर परीक्षण गर्दा ३०३ र १ हजार ५२८ जनामा एन्टिजेन परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ। त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ। तीमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये २२ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।