१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गठबन्धन बाहिरका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

सेयर:

१७ साउन, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् ।

‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के ?… आउनुस् सँगै मिलेर काम गरौं र यत्रो चुनौती प्रतिक्रियावादीले खडा गरेका छन्’ उनले भने, ‘के हामीले के चुनावी तालमेल गरेर … उनीहरुजस्तो चुनावी तालमेल गर्ने हो र ? ’

ओलीले सँगै मञ्चमा रहेका सीपी मैनालीलाई सम्बोधन गर्दै आफूहरु एउटै आन्दोलनबाट आएको र अलग बस्नुपर्ने कुनै कारण नभएको बताए । ‘हामी सबै देशको विरुद्ध छैनौं, यही नै एकताको आधार हो’ उनले भने ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि गठबन्धन बेठीक हो भनेर आएमा विचार गर्न सक्ने ओलीले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।