१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रचण्ड माधवलाई डा. रावलको व्यंग्य- नेपाङ्ग्रेस जिन्दावादको नारा लाउने हो ?

सेयर:

२० साउन, काठमाडौँ : नेकपा एमालेका नेता तथा पूर्व उपप्रानमन्त्री डा. भीम रावलले सत्तारुढ पाँचदलीय गठबन्धन सिद्धान्तहीन र गन्तव्यहीन रहेको भन्दै उनीहरूको बीचमा सत्तास्वार्थ बाहेक देशको पक्षमा कुनै एजेण्डा नरहेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा बोल्दै डा. रावलले यो गठबन्धन नेपालको संविधानका धारा २७९ को विपरीत रहेको दाबीसमेत गरे । उनले सिद्धान्त र कार्यक्रम केही नमिल्ने दलहरूबीचको गठबन्धन आदर्शविहीन रहेको टिप्पणी समेत गरे । उनले प्रचण्ड-माधवप्रति कटाक्ष गर्दै कम्युनिष्ट भन्नेहरू कांग्रेसलाई चुनाव जिताउन पाएर दंग परिरहेको बताए ।

रावलले भने, ‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन हो । कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् यस्ताको स्वार्थ कसरी मिल्यो ? उनीहरूको नारा के हो ? नेपाङ्ग्रेस जिन्दावाद भन्ने नारा लाग्छ ?

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।