१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल स्टक एक्सचेन्जले वर्सेनि सरकारलाई उत्कृष्ट लाभांश दिँदै

सेयर:

काठमाडौँ । सरकारी स्वामित्वका ३९ कम्पनीमध्ये १३ वटा घाटामा छन् भने ५ कम्पनीको कारोबार शून्य भइरहदा नेपाल स्टक एक्सचेन्जले वर्सेनि सरकारलाई उत्कृष्ट लाभांश दिँदै आएको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ सम्म सरकारी स्वामित्वका ३९ कम्पनी सञ्चालनमा रहेका छन् ।

जम्मा ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल स्टक एक्सचेन्जले गत आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

३९ औं सञ्चालक समितिको बैठकले ३० प्रतिशत (१५ करोड) नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

प्रवक्ता मुराहरि पराजुलीका अनुसार स्टक एक्स्चेन्जमा नेपाल सरकारको बहु अर्थात ५८.६६ प्रतिशत स्वामित्व छ। यसअनुसार नेप्सेबाट सरकारले ८ करोड ८० लाख रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।