१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता : एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट

सेयर:

८ भाद्र, भद्रपुर : आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।
आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबार सम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसककेको बताइएको छ ।
मेची रंगशालामा सम्पन्न एथलेटिक्सको नतिजा अनुसार महिलातर्फ १०० मिटरमा हिमा पौडेल र सविना चौहान, २०० मिटरमा निशा माझी र रेनुका गौतम, ४०० मिटरमा विष्णु चम्लागाईं र दिया बराल, ८०० र १५०० मिटरमा सुस्मिता राई, ५००० मिटरमा सलिना तामाङ र सविना चौहान छनोट भएका छन् भने लङजम्पमा रेनुका गौतम र सविना चौहान, ट्रिपलजम्पमा सविना चौहान, सटपुट र डिस्कसथ्रोमा कञ्चन विमली, ज्याभलिन थ्रोमा सलिना तामाङ, हाइजम्पमा रेनुका गौतम र सविना दर्नाल छनोट भएको एथलेटिक्स प्रशिक्षक गोपाल यादवले जानकारी दिनु भयो ।
एथलेटिक्सको पुरुषतर्फ १०० मिटरमा विनय धिमाल र राजिव ढुंगाना, २०० मिटरमा प्रजे तामाङ र विनय अधिकारी, ४०० मिटरमा लीला भित्रीकोटी र विनय अधिकारी, ८०० मिटरमा प्रेम तामाङ र पवनकुमार शाह, १५०० मिटरमा प्रेम तामाङ र मेघराज राई, ५००० मिटरमा सरोज सिंह र सुखदेव टुडु, १० हजार मिटरमा सरोज सिंह र अनिल हेमरम तथा २१ किलोमिटरमा मेघराज राई छनोट भएका छन् भने लङजम्पमा राजिव ढुंगाना र मुकेश चौधरी, ट्रिपलजम्पमा राजिव ढुंगाना र विशाल टुडु, हाईजम्पमा विशाल टुडु र प्रजे तामाङ, ज्याभलिनमा शुकराज तामाङ र सुमन दर्जी, सटपुटमा प्रवेश धिमाल, डिस्कसथ्रोमा प्रेम तामाङ र अभिषेक राजवंशी छनोट भएका छन् ।
पुरुष भलिबलतर्फ विमान खड्का, रोमन वस्नेत, राजन लिम्बू, रोहित शिवाकोटी, पुकार तामाङ, रविन गौतम, गणेश कटुवाल, कुमार कटुवाल, अनिष निरौला, सुमन राना मगर, भरत यादव, सुजन बुढाथोकी, लीला डाँगी, कृष्ण तामाङ, आकाश नेपाली र प्रकाश लावती चयन भएका छन् भने महिलातर्फ झरना राजवंशी, पवित्रा डाागी, सुन्यता मगर, रेजिना पन्धाक, नुमा लाओती, पूजा सुवेदी, प्रसन्ना बोहोरा, नेहा बोहोरा, प्रशान्ति श्रेष्ठ, निकिता भट्टराई, तानिया राई, मञ्जु मावो, हिरा खड्का र प्राची गौतम चयन भएको प्रशिक्षक हेमा थापाले जानकारी दिनुभयो ।
यस्तै, हक्की पुरुषतर्फ मनोज चौधरी, सन्तोष बेस्रा, दिपक खतिवडा, कृष्ण तामाङ, विशाल चौधरी, राजु राजवंशी, रिसब चौधरी, नरेश मगर, रोशन श्रेष्ठ, अनिििकत प्रधान, शिवजी मगर, किशु मगर, विष्णु घिमिरे, सुदीप चौधरी, कैलाश शिवाकोटी, गोरव कार्की, विवेक राजवंशी र कृष्ण लुइँटेल छनोट भएका छन् भने महिलातर्फ सिर्जना तामाङ, उषा मुर्मु, रञ्जीता राई, समिा राई, पूर्णिमा राई, अरुणिमा राजवंशी, अञ्जली पाहान, मनिका समरिया, करुणा चम्लागाईं, शान्ति कार्की, अस्मिता माझी, सविना दर्नाल, रजिता दंगाल, रोमा ऋषिदेव, रञ्जना राजवंशी, प्रिष्किला मगर विष्णु जोगी र नूमा आङ्देम्बे छनोट भएको प्रशिक्षक ज्ञानेन्द्र खड्काले जानकारी दिनुभयो ।
यसैगरी, भारत्तोलनमा महिलातर्फ ४९ केजीमा राधा भुजेल, ५५ केजीमा करिना चौधरी र ५९ केजीमा सोनीदेवी दास छनोट भएका छन् भने पुरुषतर्फ ५५ केजीमा चन्दन मुखिया, ८१ केजीमा प्रसिद्ध भक्तराज लवट, ८९ केजीमा अमिलाल राजवंशी र सञ्जय फँयल छनोट भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु नेम्बाङले बताउनु भयो ।
मेची रंगशालामा कराते र तेक्वान्दोका खेलहरु जारी रहेको र बिहीबारसम्ममा नतिजा आउने कराते प्रशिक्ष्क कालु मेचेले जानकारी दिनुभयो ।
यसैगरी, फुुटबल, क्रिकेट, बास्केटबल, व्याडमिन्टन, बुद्धिचाललगायतका खेलहरु जिल्लाका विभिन्न स्थानमा जारी रहेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले बताउनु भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रोहित काफ्ले

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।