१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पाँचतारे होटलका सात क्यासिनोलाई ७ दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको चेतावनी

सेयर:

२० भाद्र, काठमाडौँ : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सञ्चालित सात ठूला होटलका क्यासिनोलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ।आइतबार महानगरले सात दिनभित्र बक्यौता रहेको कर तिर्न चेतावनी दिँदै सूचना जारी गरेको हो ।

महानगरले जारी गरेको सूचनामा म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपुर्ण होटलको क्यासिनो प्यालेस, ¥याडिसन होटलको ¥याड क्यासिनो, हायातको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रियसन क्यासिनो, सोल्टीको माजोङ इन्टरटेनमेन्ट, एलफ्टको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न ताकेता गरेको हो ।

‘मनोरञ्जन कर बुझाउनका लागि पटकपटक ताकेता गरेपनि आ.व २०७५/०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हाल सम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा बुझाउनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।