१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

थोप्लेविरानको आठौं वार्षिक साधारण सभा सम्पन्न : एकवर्षमा तीनलाख रुपैयाँ नाफा

सेयर:

८ असोज, धुलावारी : झापाको मचीनगर नगरपालिका ९ नम्बर वडामा रहेको थोप्लेविरान महिला कृषि सहकारी संस्था लि. ले गत आर्थिक वर्ष २०७८/०७९ मा कुल तीनलाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यसअघि २०५९ साल साउन १० गतेबाट थोप्लेविरान विकास समूहबाट शुभारम्भ भएको संस्था २०७१ मंसिर १० गतेबाट थोप्लेविरान महिला कृषि सहकारी संस्था लि.को नामबाट कारोवार शुरु गरेको हो ।


संस्थाको शनिबार सम्पन्न आठौं वार्षिक साधारणमा सञ्चालक समितिकोतर्फबाट अध्यक्ष मञ्जु कट्टेलले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रमुख अतिथिको आसनबाट उद्घाटन गर्नुभएको साधारण सभाको उद्घाटन सत्रमा शुरुमा २ लाख ३२ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको र गत आर्थिक वर्ष २०७८÷२०७९ मा शेयर पूँजी २३ लाख ४८ हजार ३ सय रुपैयाँ पुगेको, १ करोड ३६ लाख १ हजार ३ सय ९६ रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको र २ करोड २४ लाख ३० हजार ५ सय ७० रुपैयाँ कर्जा प्रवाह भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाकै अवसरमा संस्थाले विभिन्न ७ वटा विधामा सर्वाेत्कृष्ट ठहर गदैं कर्मचारीदेखि बचतकर्तासम्मलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक असल ऋणितर्फ ललिता दाहाल, ज्येष्ठ नागरिक नियमति बचतकर्तातर्फ बुद्घमाया सुब्बा, ज्येष्ठ नागरिक उत्कृष्ट बचतकर्ता रुपा कट्टेल, उत्कृष्ट बाल बचतकर्ता सुभास्ना प्रधान, उत्कृष्ट शेयर सदस्य पवित्रा दाहाल आचार्य, उत्कृष्ट कृषक कमल कोइराला र वर्षाेत्कृष्ट कर्मचारी बिना बस्नेतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख उप्रेती, वडानम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङ्गलगायतले उहाँहरुलाई नगदसहित माला पहिर्याएर सम्मान गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेतीले बचत गर्ने बानीले आफ्नो जीवनस्तरमा सुधार ल्याउने र परनिर्भरबाट आत्मनिर्भर बन्न मद्घत पुग्ने बताउनुभयो । उहाँले सहकारीले मनिसको जीवनस्तरमाथि पुर्याउन निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं आज थोरै थोरै गरेको बचतले भोली धेरै र ठुल्ठुला काममा सघाउ पुग्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले सहकारीले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गदैं कहिलेकाँहि सहकारीका बारेमा अनर्गल प्रचारवाची हुने गरेको भन्दैं त्यसको पछि नकुद्न र सत्यतथ्य बुझ्न बचतकर्तालाई आग्रह गरेका थिए ।


संस्थाकी अध्यक्ष मञ्जु कट्टेलको सभापतित्वमा भएको उद्घाटन सत्रमा मेचीनगर वडानम्बर ९ का वडाध्यक्ष कञ्चन तामाङ्ग, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष घनश्याम अधिकारी, राष्ट्रिय सहकारी बैंक धुलावारीका प्रमुख मुना घिमिरे , कृष्ण कोइराला पत्रकार अम्बिका भण्डारीलगयातले बोल्नुभएको थियो । संस्थाकी उपाध्यक्ष जानुका ओलीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन व्यवस्थापक पवित्रा आर्यले सञ्चालन गर्नुभएको थियो ।

अध्यक्षमा डम्बरकुमारी

साधारणसभाको बन्द सत्रले आगामी चारवर्षकालागि डम्बरकुमारी प्रधानलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा जानुका न्यौपाने ओली, सचिवमा तारा सुवेदी सहसचिवमा हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी चयन हुनुभएको छ ।


सदस्यहरुमा इन्दिरा राउत, करुण राजवंशी, गंगामाया लिम्बु, ललिता तामाङ्ग र जय रोका निर्विरोध चयन हुनुभएको हो । बन्दसत्रले इश्वरा चौलागाईँको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा पुष्पा भण्डारी र धनकुमारी तामाङ्ग हुनुहुन्छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।