१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

दुरुपयोग हुन थालेपछि ट्वीटरले बन्द गर्‍यो ब्लु टिक भेरिफिकेसन सेवा

सेयर:

२७ कार्तिक : ब्लु टिक भेरिफिकेसनको दुरुपयोग भएपछि ट्वीटरले ८ डलर लाग्ने ब्लु सब्स्क्रिप्सन सेवा बन्द गरेको छ । विशेषगरी सामान्य प्रयोगकर्ताले चर्चित व्यक्ति तथा ब्रान्डको नाम राखेर ब्लु टिक प्रयोग गर्न थालेपछि कम्पनीले सेवा बन्द गरेको हो ।

ट्वीटरले यो साताको सुरुवातमा आईफोन एपका लागि उक्त सेवा सार्वजनिक गरेको थियो । जसका माध्यमबाट प्रयोगकर्ताले ब्लु टिक खरिद गर्न सक्थे । ब्लु टिकले प्रयोगकर्ताको ह्यान्डल आधिकारिक हो भन्ने पुष्टि गर्ने गर्थ्यो ।

तर, ट्वीटरले यो सेवा बिक्री गर्न थालेपछि यसको दुरुपयोग भएको हो । सेवा ल्याएको केही दिनमै बन्द गर्दा ट्वीटरको आम्दानी बढाउने एलन मस्ककाे योजनामा धक्का लागेकाे छ । सशुल्क सब्सक्रिप्सन सेवाले गलत मोड लिएपछि सो सेवाबाट पछि हटेको कम्पनीका जिम्मेवार व्यक्तिले जनाएका छन् ।

चर्चित फर्मास्युटिक कम्पनी लिलीको नक्कली अकाउन्टबाट इन्सुलिन निःशुल्क उपलब्ध गराउने घोषणा गरेको उल्लेख गरिएको थियो । अकाउन्टमा ब्लु टिक भएकाले प्रयोगकर्ता झुक्किए । त्यसपछि उक्त कम्पनीको आधिकारिक ट्वीटर ह्याण्डलबाट मिथ्या सूचनाबाट सतर्क हुन अनुरोध गरियो ।

नक्कली अकाउन्टबाट प्रवाह भएको गलत सन्देशले गर्दा उक्त कम्पनीको स्टक मूल्य तीव्र गतिले घट्न थाल्यो । यस्तै चर्चित कम्पनीको नामबाट पनि थुप्रै किसिमका मिथ्या सूचना फैलाइएको थियो ।

यही समस्याले गर्दा ट्वीटरका विज्ञापनदातालाई पनि समस्या पर्न थाल्यो । कतिपयले ट्वीटरबाट विज्ञापन गर्न नै बन्द गरे । यसरी सशुल्क ब्लु टिक सेवाको दुरुपयोग हुन थालेपछि कम्पनीले उक्त टिक मार्क हटाएको प्रयोगकर्ताको दाबी छ । यस विषयमा ट्वीटरबाट भने आधिकारिक सूचना आइसकेको छैन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।