११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

समानुपातिक मतको सुरुवाती अग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

सेयर:

काठमाडौँ — घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ४ हजार १ सय ९३ मतका साथ तेस्रो स्थानमा देखिएको हो ।

आमनिर्वाचन भन्दा अघि गठन भएको सो दलले यो समाचार तयार पर्दासम्म प्रत्यक्षतर्फ ७ स्थानमा अग्रता कायम गरेको छ । ६ हजार ४ सय ३४ मतका साथ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने ५ हजार ३ सय २० मतका साथ नेकपा एमालेका दोस्रो स्थानमा छ ।

२०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्र २ हजार १ सय ४० मतका साथ चौथो स्थानमा धकेलिएको छ । राप्रपा उल्लेख मतका साथ पाँचौ स्थानमा उक्लिएको छ। उसले १५८९ मत पाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।