१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काठमाडौंका तीन निर्वाचन क्षेत्रमा रास्वपा विजयी

सेयर:

७ मंसिर, काठमाडौँ : काठमाडौं क्षेत्र नं २ र काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिजयी भएका छन् । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् ।

उनी एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै निर्वाचित भएका हुन् । पराजुलीले आठहजार ७४३ मत ल्याए । एमालेका घिमिरेले ६ हजार ८०० मत ल्याए । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराईले ६ हजार ६३ मत ल्याएकी छन् ।

यता, काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकीकै सोबिता गौतम विजयी भएकी छन् । उनी एमालेका मणिराम फुयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । गौतमले १५ हजार २२९ मतसहित विजयी हुँदा फुयालले ११ हजार ५५५ मत पाए । यस्तै, गठबन्धनकी ओनसरी घर्तीले ९ हजार ७४९ मत पाइन् ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।