१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

स्वीट्जरल्याण्डलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश

सेयर:

१३ मंसिर : कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

स्टेडियमा ९७४ मा भएको समूह जीको यो खेलमा ब्राजिलका लागि खेलको अन्त्यतिर कासेमिरोले रोड्रिगोको पासमा गोल गरेका थिए ।

त्यसअघि कासेमिरोको पासमा भिनिसियस जुनियरले ६४औं मिनेटमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले त्यसलाई अफसाइड भन्दै मान्यता दिएन ।

पहिलो खेलमा सर्वियालाई २-० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो । समूहमा एक खेल खेल्न नै बाँकी रहेको ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो । यसअघि साविक विजेता फ्रान्स समूह डी मा लगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको छ ।

ब्राजिलले अब समूहको अन्तिम खेल क्यामरुनसँग खेल्नेछ । सोमबारै भएको खेलमा क्यामरुन र सर्वियाले ३-३ को बराबरी खेल्दै अंक बाँडेका थिए ।

उता पहिलो खेलमा क्यामरुनलाई हराएको स्वीट्जरल्याण्डले भने अन्तिम १६ मा पुग्न समूहको अन्तिम खेल पर्खनुपर्ने भएको छ । स्वीट्जरल्याण्डले समूहको अन्तिम खेल सर्वियासँग खेल्नेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।