१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

महिला जनचेतना केन्द्रको २ दिने कार्याशाला उद्घाटन्

सेयर:

१९ मंसिर, मेचीनगर : महिला जनचेतना केन्द्रको आयोजनामा धनकुटाको भेडेटारमा २ दिवसीय प्रदेश स्तरीय कार्याशाल उदघाटन भएको छ । प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना किशोरीहरुको सहभागीता रहेको छ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई यो २ दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधान बताउनुहुन्छ ।

सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ यस वर्ष नेपालले पनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइरहेकोे छ । कार्यक्रममा दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरु जस्मा लक्ष्य ५ अन्तर्गत लैङ्गिक समानताको विषयमा विषेश प्रशिक्षण हुनेछ । त्यस्तै महिला आन्दोलन, यस्का उपलब्धीहरु, आगमी दिनका चुनौतिहरुको विषयमा पनि चर्चाहुने संस्थाका कार्यक्रम अधिकृत मणिकुमार लिम्बुले बताएका छन् ।

उदघाटन सत्रका प्रमुख अतिथि वियोन्ड वेइजिङ्ग कमिटि नेपालका अध्यक्ष सुसिला श्रेष्ठले विषेश प्रशिक्षण प्रदान गर्न भएको थियोे । त्यस्तै बाँकी दुई दिन लेखक तथा अनुसन्धानकर्ता रिता शाहा, मानव अधिकारकर्मी कोषराज न्यौपाने लगायतले प्रशिक्षण प्रदान गर्ने छ । उदघाटन सत्रको अध्यक्ष सिता गुरुङ्ग, सञ्चालन संस्थाका सचिव भुवन सुब्बा, कार्यक्रमको औचित्य माथि प्रकास संस्थाका कार्यकारी प्रमुख राधा प्रधान, स्वागत संस्थाका सदस्य रेजिना श्रेष्ठले गर्नु भएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।