१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

सेयर:

१४ पौंष, बिराटनगर : सत्ता समीकरण बदलिएसँगै प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्य मन्त्री बन्ने निश्चित देखिएका छन् । पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका कार्की प्रदेश १ मा एमालेका ४० सांसदमध्ये सिनियर नेता हुन् । ठूलो दलको हैसियतले यहाँ एमालेले नै नेतृत्व गर्ने पक्कापक्की छ ।

तर, यहाँ माओवादीले पनि मुख्यमन्त्री दाबी गरिरहेको छ । माओवादी संसदीय दलको नेतामा इन्द्र आङ्बो छन् । नेकपाकाल र पाँचदलीय गठबन्धनमा अर्थमन्त्री बनिसकेका आङ्बो मुख्यमन्त्री नपाए मन्त्रीमा भने नजाने निकट एक नेताले बताए ।

प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सीट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पु¥याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ ।

नयाँ मन्त्रिमण्डल ११ जनाभन्दा कमको हुनेछ । हाल यस प्रदेशको क्याबिनेट १३ सदस्यीय छ । एमाले र माओवादीले सरकार गठनबारे गठबन्धनका लागि वार्ता गर्न आ–आफ्नो दलमा कमिटी बनाएका छन् ।

अहिलेसम्म कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने छलफलकै चरणमा रहेको एमाले स्रोतले जनाएको छ ।

एक नेताले भने, ‘अहिलेको मन्त्रिमण्डल ठूलो भयो भन्ने साझा बुझाई छ । हामी त्योभन्दा सानो बनाउँछौं ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।