१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

समृद्धि सहकारी भद्रपुरको साधारणसभा सम्पन्न

सेयर:

सहकारीको खुद मुनाफा ३ लाख ४१ हजार ७३९ रुपैयाँ

१८ पुस , भद्रपुर । झापाको भद्रपुरस्थित समृद्धि वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन आज शनिबार सार्वजनिक गरेको छ । योसँगै संस्थाको जारी साधारणसभा पनि सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष योगेन्द्र पौडेलले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा संस्थाका सञ्चालक, सेवा केन्द्रका सञ्चालक र कर्मचारीको उपस्थिति थियो । संस्थाले यसअघि नै प्रतिवेदन सेवा केन्द्रमार्फत सदस्यको हात–हातमा पुर्याइसकेको र राय–सुझाव संकलन गरिसकेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
संस्थाका सचिव तीर्थराज ओझाले सञ्चालन गरेको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार संस्थाले आ. व. २०७६/०७७ मा ३ लाख ४१ हजार ७३९ रुपैयाँ खुद मुनाफा गरेको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच संस्थाले अघिल्लो वर्षको तुलनामा दोब्बर नाफा कमाउन सफल भएको छ । प्रतिवेदन अनुसार संस्थाको कुल शेयरपूँजी ९२ लाख ६४ हजार ५०० रुपैयाँ पुगेको छ भने २०७६/०७७ मा ३ करोड ८८ लाख ७० हजार ५११ रुपैयाँ निक्षेप संकलन र ३ करोड ७३ लाख ११ हजार २०४ रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा शेयरपूँजी, निक्षप संकलन र लगानी पनि उल्लेख्य बढेको छ भने सदस्य संख्या बढेर २९४१ पुगेको छ ।

नगरप्रमुख श्रेष्ठले कोरोनाको त्रासका बीच पनि समृद्धिले सन्तोषजनक कारोबार गरेको सदस्यका वित्तीय तथा सामाजिक आवश्यकताहरु पूरा गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । उहाले उस्तै प्रकृतिका सहकारीबीच एकीकरणमा पनि जोड दिनुभयो ।
कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, नगरपालिकाका सहकारी अधिकृत डिल्ली ढकाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अध्यक्ष योगेन्द्र पौडेलले कोरोना महामारीलाई समेत दृष्टिगत गरी ०७७/ ०७८ को कार्ययोजना बनाएको र समृद्धिले भद्रपुर १० को सनसाइन वचत तथा ऋण सहकारी संस्थासँग एकीकरणको प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।