१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै इलाम नगरपालिका

सेयर:

इलाम, १८ पुस । इलाम नगरपालिकाले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

इलाम अस्पताल वा साँखेजुङ्गस्थित वर्थिङ्ग सेन्टर ल्याउन र लैजान यस्तो सेवा उपलब्ध गराउने भएको हो । सुत्केरी महिला बाहेक अन्य बिरामीको हकमा भने जिल्लास्तरीय एम्बुलेन्स भाडा दर निर्धारण तथा व्यवस्थापन समितिले तोकेको भाडा रकममा इलाम नगरबासीहरुको लागि २० प्रतिशत रकम छुट सुविधा दिने नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिकाको आकस्मिक कोषबाट १० लाख ४० हजार ३ सय १७ रुपैयाँमा नेपाल सरकारको राजश्व छुट सुविधामा खरिद गरिएको सोे एम्बुलेन्स सेवा प्राप्त गर्नका लागि मोबाइल नम्बर ९८६९८११११५ मा सम्पर्क गर्नु पर्ने नगरपालिकाले जनाएको छ । यदि सो नम्बरमा तत्काल सम्पर्क हुन नसके अर्को मोवाइल नं. ९८५२६८१२३६ मा सम्पर्क गर्न सकिनेछ । यस एम्बुलेन्सले इलाम नगर क्षेत्रका सुत्केरी महिलाहरुलाई प्राथमिकताका साथ सेवा दिने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनु भएको छ ।

( समाचार :- ग्रीन इलामको सहयोगमा )

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।