१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पुस २५ गतेबाट प्रदेश १ मा जसपाले आन्दोलन सुरु गर्ने

सेयर:

मोरङ । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मोरङले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

जसपा मोरङका अध्यक्ष राजकुमार यादवका अनुसार जनताको संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धी रक्षा गर्न प्रधानमन्त्री ओली असमर्थ रहेको आरोप जसपाको निष्कर्ष छ । यादवले प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको उल्लेख गरे। पत्रकार सम्मेलनका क्रममा यादवले प्रधानमन्त्रीले चालेका अलोकतान्त्रिक कदम खारेज गर्न जनसंघर्षको विकल्प नरहेको बताउनु भयो ।

पुषको २५ गतेबाट सुरु हुने तेस्रो चरणको आन्दोलनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

त्यसैगरि सोही अवसरमा पुस २९ गते विर्तामोड र माघ ३ गते धरान र माघ ७ गते मोरङको रंगेलीमा जनप्रदर्शन गरिने जनाइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।