११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानमन्त्रीको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने सात यूवा पक्राउ

सेयर:

काँकरभिट्टा। प्रधानमन्त्री केपी ओली सहभागी हुन पुगेको धनगढीको आमसभाबाट प्रहरीले सात युवालाई पक्राउ गरेको विभिन्न संचार माध्यमहरुले बताएका छन् ।

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको सेतो टिसर्ट लगाएर कार्यक्रममा आएका सात यूवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरु सेतो टिसर्टमा कार्यक्रममा आएका थिए तर विरोध गर्ने वा नारावाजीमा उत्रेका भने थिएनन् ।

ओली पक्षिय नेकपाले शुक्रबार धनगढीमा प्रदेश स्तरिय सभाको आयोजना गरेको थियो। सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी गएका छन् । प्रधामनमन्त्री ओली आउने कार्यक्रमपछि धनगढीमा कालो मास्क समेत लगाउन निषेध गरिएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।