१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कर्ण लिम्बूको निर्णायक गोलमा फाइनल पुग्यो घेराबारी एफसी

सेयर:

घेराबारीले १ -० गोलले हरायो जलथललाई

घेराबारी, पुस २४ । झापाको कचन कवल – १ घेराबारीस्थित जारी प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ को आज शुक्रबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा आयोजक घेराबारी फूटबल क्लबले जलथल फूटबल क्लबलाई १ – ० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

घेराबारीको पूर्व देउराली खेल मैदानमा सम्पन्न आजको खेलमा घेराबारी एफसीका तर्फबाट जर्सी नम्बर १४ का कर्ण लिम्बूले खेलको २५ औँ मिनेटमा पहिलो गोल गर्दै घेराबारी एफसी लाई अग्रता दिलाए । खेल अवधिभरी दुवैतर्फबाट थप गोल हुन नसकेपछि कर्ण लिम्बूको गोल नै निर्णायक बन्यो । करीब ३ हजार दर्शकले हेरको सो रोमान्चक खेलमा जलथल एफसीका खेलाडीहरुले गोल गर्ने थुप्रै अवसर गुमाएका थिए ।

खेलको ‘ म्यान अफ द म्याच’ घेराबारी एफसीका जर्सी नम्बर ५ का सनम राई घोषित भए । उनले नगद सहित म्यान अफ द म्याचको ट्रफी पाए । श्री घेराबारी युवा परिवारको आयोजनामा भएको प्रथम घेराबारी नकआउट गोल्डकप -२०७७ प्रतियोगिताको खेल हेर्न झापाका विर्तामोड ,शनिश्चरे ,राजगढ, बानियानी ,सुरुङ्गा लगायतका विभिन्न ठाउँहरु आउने गरेको श्री घेराबारी युवा परिवारका अध्यक्ष देउकुमार माबो लिम्बूले जानकारी दिनुभयो । पुस २० गतेबाट सन्चालन भएको खेल पुस २८ गते समापन हुनेछ भने गोल्डकप विजेताले नगद रु . ५० हजार र उप-विजेताले रु. ३० हजार पाउनेछन् ।

दोस्रो सेमीफाइनलको खेल भोलि शनिबार दिउँसो ३ बजे पूर्व देउराली खेल मैदानमा झापा फूटबल क्लब राजगढ र शनिश्चरे क्लब फूटबल शनिश्चरेबीच हुनेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।