१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुत गतिमा अघि बढ्दै ,आगामी पुस १५ सम्ममा उत्पादन हुने

सेयर:

झापा, २६ पुस । सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित दुई वर्ष अघि स्थापना भएको झापा इनर्जी लिमिटेडले झापामा नेपालकै ठूलो सौर्य विद्युत परियोजनाको काम द्रुत गतिमा अघि बढाएको छ ।

दश मेगावाट सौर्य विद्युत उत्पादन गर्ने महत्वाकांक्षी योजनासहित स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।

झापा इनर्जी लिमिटेडको दोश्रो वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष एवम् निवत्र्तमान संघीय सांसद् लालबहादुर सावाले शिवसताक्षी नगरपालिका वडा नं. ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रति बिगाहा रु. २० लाखका दरले जग्गा खरिद गरिएको बताउनुभयो ।

आयोजनाको कूल लागत रु. ७९ करोड रहेकोमा रु. ६० करोड बैङ्क कर्जामार्फत स्रोत व्यवस्थापन गरिने उनले जानकारी दिए । कम्पनीले रु. एक लाखदेखि माथि जतिसुकै रकम लगानी गर्न इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।

‘झापालीका लागि झापालीद्वारा’ भन्ने उद्घोषका साथ स्थापना भएको झापा इनर्जीको सौर्य विद्युत उत्पादन परियोजनामा मुलुकभित्र रहेका झापाली उद्योगी व्यवसायी र विदेशमा रहेर विभिन्न उद्यम गरिरहेका झापालीहरुको उत्साहजनक लगानी रहेको कम्पनीका प्रबन्ध सञ्चालक सुभाष भट्टराईले बताउनुभयो।

उहाँका अनुसार आगामी वर्षको पुस १५ सम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य लिइएको छ । व्यावसायिक उत्पादन भने २०७८ पुस मसान्तसम्ममा गर्ने लक्ष्य लिइएको सञ्चालक भट्टराईले जानकारी दिनुभयो ।
यहाँबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई प्रति युनिट रु. ७.३० का दरले विक्री गर्ने कम्पनीको योजना छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।