११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आधार दरमा २ प्रतिशतभन्दा बढी जोडेर ब्याज लिए हामीलाई भन्नुस् : राष्ट्र बैंक

सेयर:

१३ असार, काठमाडौँ : नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशतभन्दा बढी प्रिमियम थपेर ब्याज लिए कडाइ गर्ने भएको छ ।

२ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी उत्पादनमा आधारित उद्योग, हस्तकला लगायत व्यवसाय सञ्चालनका लागि आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर लिन पाइने व्यवस्था छ ।

तर कतिपयले बढी ब्याज लिएर ऋण प्रवाह गरेको गुनासो आएपछि केन्द्रीय बैंकले सूचना नै जारी गरेर सचेत गराएको छ ।

२०७९ साउन १८ देखि लागू भएको यो निर्देशन विपरीत कसैले पनि बढी ब्याज लिएको पाइए केन्द्रीय बैंकलाई जानकारी गराउन भनेको हो ।

त्यस्तै, ऋणीलाई ऋण लिदाको र्शतअनुसार भए नभएको पनि जानकारी राख्न केन्द्रीय बैंकले आग्रह गरेको छ । कुनैपनि ग्राहकको अनुमति बेगर शुल्क लिएको पाइए त्यसमा १० प्रतिशत जरिवाना थप गरेर सम्बन्धित बैंकले ग्राहकको खातामा जम्मा गर्नुपर्नेछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।