१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भारतमा कार दुर्घटना : एकै परिवारका ४ सहित ६ नेपालीको मृत्यु, शोकमा नेपालगञ्ज

सेयर:

रुपन्देही : बाँकेको नेपालगञ्जका एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लाको बलरामपुरमा भएको कार दुर्घटनामा मृत्यु भएको छ ।

भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको सो घटनामा मृत्यु भएको छ ।

यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको बलरामपुरस्थित एकाउन्न भन्ने स्थानमा शनिवार राती भएको दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् । दुई परिवारका ६ जनाको निधन भएपछि नेपालगञ्ज बजार शोकमा परेको छ ।

वैभव भारत माइतीमा रहेकी पत्नीलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । घटनामा चालक गम्भीर घाइते रहेका छन् ।

बाँकेका एसपी सन्तोषसिंह राठौरले घटनामा ६ जनाको मृत्यु भएको र उनीहरूको भारतमा नै पोष्टमार्टम हुने बताए । पाेष्टमार्टमपछि शव ल्याउने विषयमा समन्वय गरिरहेको उनले बताए ।

स्थानीय ब्राइटल्यान्ड कलेजमा बिबीए तेस्रो सेमेस्टरमा अध्ययनरत सुनितीको निधनको खबरले कलेजका विद्यार्थी शोकमग्न भएको सहपाठी आकृति रानाले बताए ।

नेपालप्रेसबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।