१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सार्वजनिक भयो हरेक स्थानीय तहको एउटै एप

सेयर:

मोबाइलबाटै नागरिकले भुक्तानी कार्य गर्न सक्ने

काठमाडौं । सरकारले हरेक स्थानीय तहका लागि एउटै माेबाइल एप ल्याएकाे छ । यसअघि ४३३ स्थानीय तहले छुट्टाछुट्टै एप सञ्चालन गरेकाेमा अब नयाँ एप सञ्चालनमा आएँसँगै स्वतः सञ्चालनमा नरहने सूचना प्रविधि विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

याे एप मार्फत नागरिकले सम्बन्धित स्थानीय तहद्वारा प्रदान गरिने सेवाहरू, कार्यक्रम तथा परियोजना, ऐन नियमहरुको विवरण, महत्वपूर्ण स्थानहरु, आपतकालीन नम्बर सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोरो संवाद लगायत अन्य सूचना तथा जानकारी सजिलै प्राप्त गर्न सकिने उल्लेख गरिएको छ ।

साथै प्रदेश सरकारले जारी गरेका महत्वपूर्ण सूचना पनि एपमा देखिने विभागका महानिर्देंशक प्रेमशरण श्रेष्ठले बताए । एपमा हाल फैलिएको कोभिड १९ जस्तो महामारीको लागि सूचना प्रवाह गर्ने पनि जनाइएकाे छ ।

स्थानीय तहले आफ्नो वेबसाइटमा राखेका कन्टेन्ट वा सेवा नागरिकले मोबाइल एपमार्फत उपभोग गर्न सक्छन् । यसअन्तर्गत एपबाटै नागरिकले विभिन्न प्रयोजनका सेवा दस्तुर र त्यसको प्रक्रिया थाहा पाउनुका साथै डिजिटल वालेटको प्रयोग गरी भुक्तानी गर्न सक्छन् ।

इच्छुक स्थानीय तहले एप कार्यान्वयनका लागि सूचना प्रविधि विभागमा सम्पर्क राख्नुपर्ने विभागका कम्प्युटर इन्जिनियर सुदर्शन गुरागाईंले बताए ।

साथै स्थानीय तहबाट प्रवाह गरिने सेवा र त्यस बापतको भुक्तानी नागरिकले डिजिटल वालेटको प्रयोग गरी गर्न सकिने विभागले जनाएको छ । याे एप एन्ड्राेइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।