१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रिय युवा संघ भद्रपुरको दोस्रो अधिवेशन : समृद्धिका लागि काम गर्न युवालाई आह्वान

सेयर:

१० भदौं, भद्रपुर : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनमा आबद्ध युवाहरुलाई देशको समृद्धिका लागि काम गर्न आह्वान गरेका छन् ।
आइतबार भद्रपुरको सिटी गार्डनमा आयोजित राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थेवेले युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड भएकोले यो शक्ति खेर फाल्न नहुने धारणा व्यक्त गरे ।
संघका अध्यक्ष डिल्लीराम पोखरेलको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि थेवेले अहिले युवावर्ग राजनीतिप्रति उदासिन बन्दै गएकोप्रति दुःख व्यक्त गर्दै देशको भाग्य र भविष्यको मुख्य आधारशीला युवा भएकोले राजनीतिबाट टाढा भाग्न नहुने उल्लेख गरे ।
उनले राष्ट्रिय युवा संघ सबैभन्दा ठूलो जनाधार भएको स्थापित संगठन भएकोले यही संगठनमा गोलबद्ध भएर देश र जनताको हितका लागि काम गर्न युवाहरुलाई आह्वान गरे ।
संघका सचिव अर्जुन बानियाँले सञ्चालन गरेको कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले झापाका उपससिचव एवम् जनसंगठन संयन्त्र प्रमुख असारु राजवंशीले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघमा आबद्ध युवाहरुलाई रचनातमक गतिविधिमा अग्रसर हुन आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा भएका गतिविधिका बारे चर्चा गरेका थिए ।
यो समाचार तयार पार्दासम्म अधिवेशनको बन्द सत्र चलिरहेको छ भने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रोहित काफ्ले

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।